दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु, ४ जना घाइते
2021/03/06, 8:23
 
death

दार्चुलामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७० वर्षिया वृद्धा सुना देवी पन्त, ४० वर्षीय पदमराज पन्त र लेकम गाउँपालिका–६ का जीप चालक ३८ वर्षीय करन नाथ रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए। 

दुर्घटनामा परी जीपमा सवार अन्य ४ जना घाइते भएको छन् । घाइते हुनेमा शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षिय बुद्धि बल्लव पन्त, सोही ठाउँका १२ वर्षीय मुकेश पन्त, ७ वर्षीय बसन्त पन्त र ७० वर्षीया गंगा पन्त रहेको उनले बताए ।

गोकुलेश्वरबाट रिठाचौपाता आइरहेको ग–३ च–१६९३ नम्बरको जीप लेकम गाउँपालिका–६ उचाकोटमा दुर्घटनामा परेको हो । कच्ची सडक भएका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।

जीप सडकबाट भण्डै एक सय मिटर तल खसेको बताइएको छ । घाइतेको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ ।