
कञ्चनपुरमा ६ जना जुवाडे पक्राउ परेका छन् । जिल्लाको बेदकोट न.पा ३ दैजी बजारमा रहेको अर्जुन होटल रेष्टुरेन्टमा जुवातास भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा उनिहरुलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले बताए ।

उनका अनुसार पक्राउ पर्नेमा भिमदत्त नगरपालिका ६ का सुदिप भट्ट, सोही ठाँउका शिबराज जोशी ,केशब कार्की वडा नं ७ का केशब राज भट्ट,वडा नं ९ का प्रकाश जोशी र वडा नं ३ का बिष्णु शाही रहेको जनाएको छ ।
उनिहरुकामे साथबाट ५० हजार ५ सय ९५ नगद रुपैया समेत बरामद गरेको छ । उनिहरुलाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ बमोजिम जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुर अन्तर्गत अनुसन्धान भईरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/31, 2:59
2020/10/01, 5:41
2021/04/20, 3:05
2021/11/04, 9:33
2022/10/11, 6:40