धनगढी होलसेल व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम
2021/03/06, 8:52
 
hs

धनगढी होलसेल व्यवसायी संघले आफ्नो दोस्रो साधारण सभाको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। रक्तदान कार्यक्रमबाट १२२ पिन्ट रगत संकलन भएको संघका सभापति तिलकचन्द खतिवडाले बताए।

यस्तै सोही अवसरमा संघले मानव सेवा आश्रममा आश्रितहरुलाई २ हजार ५ सय बराबरको बिहानको खाजा प्रदान गरेको छ। यस्तै संघले दुई जनालाई सम्मान समेत गरेको छ। सम्मानित हुनेमा धनगढीका पहिलो होलसेल व्यवसायी हर्कबहादुर सिंह र ९३ पटक रक्तदान गरेका दाता पत्रकार दिपक नेपाल रहेका छन्।

यस्तै धनगढी होलसेल व्यवसायी संघले कार्यक्षेत्र बिस्तार गरेर संघको नाम कैलाली होलसेल व्यवसायी संघ राख्ने निर्णय समेत गरेको छ। कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरको प्रमुख आथित्यमा सम्पन्न भएको साधारण सभाको कार्यक्रम होलसेल व्यवसायी संघका सचिव यमनाथ सिग्देले सञ्चालन गरेका थिए।