गोदावरी पत्रकार मञ्चको पूर्ण कार्य समिती चयन, अध्यक्षमा भट्ट
2021/03/06, 8:59
 

कैलालीको अत्तरियामा रहेका बिभिन्न मिडियामा आबद्ध कृयशिल पत्रकारहरुको साझा मञ्च गोदावरी पत्रकार मञ्चको पूर्ण कार्यसमिती चयन गरिएको छ ।

आज सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मीक एबम् पर्यटकिय स्थल गोदावरी बसेको अत्तरियाका कृयशिल पत्रकारहरुको भेलाले गोदावरी एफ एमका सम्पादक हेमराज भट्टको अध्यक्षतामा १५ सदस्यि पूर्ण कार्यसमिती सर्वसम्मत चयन गरिएको हो ।

जसको उपाध्यक्षमा टिभी टुडेको सुदूरपश्चिम संयोजक अनिल पन्त , सचिवमा सेतो हिमाल दैनिक पत्रिकाका नरेशनाथ योगी , सह सचिबमा सुदूरपश्चिम बिजनेशका खेमराज भट्ट , कोषध्यक्षमा टिभी टुडेकी करिश्मा सिंह चयन भएका छन् ।

यस्तै सदस्यहरुमा रेडियो प्रदेश सेभेनका दिर्घ शाही , अत्तरिया न्यूजका संचालक प्रकाश बोहरा , अग्नी पोष्टका आकाश कार्की , खबरदारी न्यूजका दिपक ओझा, खबरदारी न्यूजका संचालक जनक महरा, सेतो हिमालका बिकास बि क, सुदूरखबर अनलाईनका गोपाल जोशी, गोदावरी एफ एमकी संगिता खड्का, पुनरवास टाइम्सकी रोशनी सार्की, टिभी टुडेका भाष्कर कलौनी चयन भएका छन् ।

यस्तै सो समितिको प्रबक्तामा कामधेनु पोष्टका संचालक प्रेम बिष्टलाई चयन गरिएको छ । भेलाले अत्तरिया क्षेत्रमा लामो समय पत्रकारिता गर्दै आएका मिडियाका संचालकहरुलाई सल्लाहकारमा चयन गरेको छ । सल्लाहकारहरुमा गोदावरी एफएमकका प्रबन्ध निर्देशक गोविन्द रोश्यारा, रेडियो प्रदेश सेभनका प्रबन्ध निर्देशक शेरबहादुर शाह , सेतो हिमाल दैनिकका संचालक कैलाश कुमार जोशी, अग्नी पोष्टका संचालक गिता कुमारी जोशी, पत्रकार पिआर चटौत, बिरेन्द्र भट्ट र कैलाश जोशी रहेका छन् ।

 समितिले अत्तरिया क्षेत्रमा कृयशिल पत्रकारहरुका हकहितका साथै यहाँका समस्याहरुलाई सामुहिक रुपमा उठान गरी सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अध्यक्ष भट्टले बताए ।