
जंगली बँदेलको आक्रमणबाट शुक्लाफाँटा नगरपालिका–८ पारिफाँटाका ३३ वर्षीय धनबहादुर बोहरा घाइते भएका छन् । उनलाई बँदेलले आइतबार बिहान आक्रमण गरेको हो ।

आक्रमणबाट सख्त घाइते भएका बोहराको झलारीस्थित शुक्लाफाँटा पोलिक्लिनिकमा उपचार भैरहेको छ । उनको घाँटी, हात र खुट्टामा गहिरो घाउ भएको छ ।
आँगनमा खेल्दै गरेका बालकलाई बचाउन खोज्दा आफूलाई बँदेलले एक्कासी आक्रमण गरेको बोहोराले बताए ।

बँदेल गाउँ नजिकै रहेको सामुदायिक वनबाट आँगनमा आइपुगेको स्थानीयहरू बताउँछन् । बँदेलले गहुँ बालीमा नोक्सानी समेत पुर्याउन थालेको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 5:06
2021/01/05, 5:41
2021/08/09, 2:34
2022/05/18, 11:32