धनगढीका मेयर भन्छन्, ‘दमकल शाखाका कर्मचारीमाथि छानविन हुन्छ’
2021/03/07, 4:10
 
adad

धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर ओडले धनगढीको फर्निचर उद्योगमा आगलागी भएको ४० मिनेटपछि दमकल घटनास्थलमा पुगेको बताएका छन् । उनले दुईवटा दमकल मध्ये एउटा दमकलमा खराबी आउदा आधा मात्रै पानी खिच्न सकेको बताएका छन् ।

ओडले सामाजिक सञ्जाल फेसवुकमा लेखेका छन्, ‘दमकल ढिलो घटना स्थल पुग्यो भन्ने गुनासो आएपछि त्यस सम्बन्धमा दमकल शाखाका कर्मचारीहरुसँग सोधपुछ गर्ने काम भएको छ । दमकल जानकारी पाएको ४० मिनेट भित्रै घटनास्थल पुगेर आगो नियन्त्रणको काम गरेको तथा दुईवटा दमकल मध्ये एउटा दमकलमा खराबी आउदा आधा मात्रै पानी खिच्न सकेको बुझिन आएको सबैमा जानकारी गराउन चाहन्छौं ।’

मेयर ओडले उक्त विषयमा छानविन गरिने दावी गथरेका छन् । धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको आलोक कन्सर्न प्रालिमा शनिबार दिउसो करिब १२ बजे आगलागी भएको थियो । आगो नियन्त्रणमा उपमहानगरपालिकाको कमजोरी गरेको आरोप लागेको थियो ।