एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै प्रदेशहरूमा पनि नयाँखालको समीकरण देखिएको छ । एमाले र माओवादी केन्द्र अलग भएसँगै सुदूरपश्चिम प्रदेश सरकारको सत्ता संकट सुरु भएको हो । मुख्यमन्त्री त्रिलोचन भट्ट माओवादीका हुन् । माओवादीका १४ जना सांसदले मात्रै प्रदेश सरकार टिक्ने अवस्था छैन । सरकारका लागि तीनमध्ये दुई दल मिल्नैपर्ने बाध्यता आएको छ ।
५३ सदस्यीय प्रदेशसभामा एमालेका २५, माओवादीका १४, कांग्रेसका १२ र जसपाका २ जना सांसद छन् । सरकार गठनका लागि २७ मत आवश्यक हुन्छ । ‘केन्द्रीय समीकरण कसरी विकास हुन्छ भन्नेमै भर पर्ने देखिन्छ,’ सरकारका प्रवक्ता एवं एमालेका सांसद प्रकाशबहादुर शाहले भने, ‘हाल साविक नेकपाको बहुमतको सरकार छ, अब संयुक्त सरकारको अवस्था उत्पन्न हुने देखिन्छ ।’
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 5:11
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 5:11
2023/04/22, 12:12
2022/03/09, 11:58
2020/05/28, 6:25
2020/09/27, 8:02