कोरोनाविरुद्धको दोश्रो चरणको खोप अभियान अन्तर्गत धनगढी उप–महानगरपालिकामा ५५ बर्ष माथिका व्यक्तिलाई खोप लगाउन सुरु गरिएको छ । संघिय सरकारले ६५ बर्ष भन्दा माथिकोलाई खोप लगाउन आह्वान गरेपनि धनगढी उप–महानगरपालिकाले भने ५५ बर्ष माथि उमेर समुहका ब्यक्तिलाई खोप लगाउन सुरु गरेको हो ।
‘सुरुदेखि नै संघीय सरकारले ५५ बर्ष माथि उमेर भएका व्यक्तिलाई कोरोनाबिरुद्धको खोप लगाउन प्रचारप्रशार गरेर अन्तीम अवस्थामा ६५ बर्ष भन्दा माथीको उमेर व्यक्तिलाई मात्र खोप लगाउन भन्यो,’ नगरप्रमुख वडले भने, ‘नागरिकहरुलाई सजिलो होस भनेर हामीले पूर्व प्रचारप्रशार अनुसार नै ५५ बर्ष उमेर समुहका ब्यक्तिलाई खोप लगाई रहेका छौं ।’
धनगढीमा अभियान सुरु भएको दोश्रो दिन सम्म ३ हजार ९ सय ७४ जनाले खोप लगाएका छन् । उप–महानगरपालिकाका ११ वटा केन्द्रमा खोप लगाईदैछ । प्रमुख नृपबहादुर वड लगायत जनप्रतिनीधि खोप केन्द्रमा आफै खटिएका छन् ।