धनगढी डाईग्नोस्टिक्सको बार्षिकोत्सवमा स्वास्थ्य जाँचमा छुट
2021/03/09, 12:54
 
ddc

कैलालीको धनगढीमा रहेको धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले आफ्नो बार्षिकोत्सवको अवसरमा स्वास्थ्य जाँचमा छुट गरिएको छ । 
डाईग्नोस्टिक्सको चौथो बार्षिकोत्सवको अवसरमा सम्पूर्ण प्रयोगशाला जाँचमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको हो । बार्षिकोत्सवको अवसर पारेर होलबडी प्याकेज, मिनि होलबडी प्याकेज लगायतका सबै सेवाहरुमा छुट गरिएको डाईग्नोस्टिक्सका प्रबन्ध निर्देशक लक्ष्मण जोशीले बताए । 

धनगढी उप—महानगरपालिका ५ टिसीएन चोक स्थित धनगढी डाइग्नोस्टिक्सले चौथो वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाईरहेको छ । 

धनगढी डाईग्नोस्टिक्स एन्ड रिसर्च सेन्टरले अधिकांश स्वास्थ्य परिक्षण सेवा दिदैं आएको छ । थाइराइड, सिकलसेल, हेपाटाइटिस लगायतका रोगको जाँच डिडिसीमा हुदैं आएको छ ।

प्रयोगशाला स्थापना भएदेखि नै विभिन्न रोगको परीक्षण एवम् जाँचको काम दिदैं आएको डिडिसीले अब स्थानीय रुपमै सबै स्वास्थ्य जाँचको सुविधा थप गर्दै गएको छ । 

3

यस क्षेत्रमा सुविधा सम्पन्न र अत्याधुनिक प्रयोगशाला नहुँदा बिरामीले भारत वा काठमाडौँ पुगेर स्वास्थ्य जाँच एवम् उपचार लिनुपर्ने अवस्था रहेकामा प्रयोगशाला स्थापनापछि यस क्षेत्रका बिरामीलाई ठूलो राहत हुदैं आएको छ ।

सुदुरपश्चिमकै स्वास्थ्यको क्षेत्रमा हब बन्दै गएको धनगढीमा धनगढी डाइग्नोस्टिक्स एण्ड रिसर्च सेन्टरले पछिल्लो समयमा अत्याधुनिक प्रविधि जडित ल्याब सेवा दिदै आएको छ ।

विभिन्न निःशुल्क शिविर आयोजना गरी सेवामुखी काममा समेत धनगढी डाइग्नोस्टिक्स सेन्टर सक्रिय रहेको छ ।