
सामुदायिक रेडियोहरुको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ अकोराबको वरिष्ठ उपाध्यक्षमा सुदूरपश्चिमबाट विष्णु अवस्थी चयन भएका छन्। काठमाडौंमा सम्पन्न अकोराबको पन्ध्रौँ साधारण सभा तथा सातौँ अधिवेशनबाट अवस्थी वरिष्ठ उपाध्यक्षमा निर्विरोध चयन भएका हुन्।

पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष, शुक्लाफाँटा एफएमका सह–अध्यक्ष समेत रहेका अवस्थी निर्विरोध वरिष्ठ उपाध्यक्षमा चयन भएका हुन्।
अकोराबमा सुदूरपश्चिमबाट वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाउने अवस्थी पहिलो व्यक्ति हुन्। यसअघि कञ्चनपुरका पत्रकार खेम भण्डारी भने अकोराबको महासचिव भएका थिए।

अकोराबको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन्। गिरी एक सय ६१ मत ल्याएर प्रतिद्वन्द्वी कपिलदेव खनाललाई पराजीत गर्दै अध्यक्षमा निर्वाचित भएका हुन्।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09