धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृपबहादुर वडले अनुदान काम गर्नेले पाउनुपर्ने बताएका छन् ।
शनिबार घरेलु तथा साना उद्योग महासंघ कैलालीको नवौं जिल्ला अधिवेशन तथा महिला उद्यमी समिति कैलालीको आठौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै यस्तो धारणा राखेका हुन ।
‘हिजोका दिनबाट नै अनुदानका लागि काम गर्नेहरुले मात्रै राज्यबाट सुविधा दिने गरेको देखिन्छ’, नगरप्रमुख वडले भने, ‘अब काम गर्नेले मात्रै अनुदान पाउनुपर्छ ।’
काम गर्न चाहनेहरुले राज्यबाट अनुदान लिन नसक्दा उद्यामशीलता फष्टाउन नसकेको नगर प्रमुखको भनाइ थियो । उनले थपे–‘धनगढी उप–महानगरपालिकाले पहुँचका भरमा अनुदान वितरण गरिने परंपराको अन्त्य गरेको छ ।’
धनगढी उप–महानगरपालिकाले महिला उद्यमीलाई प्राथमिकतामा राखेर काम गरिरहेको नगर प्रमुख वडले बताए । उनले भने, ‘तीन वर्षको अवधिमा तीन हजार दुई सय एकल महिलालाई उद्यमशिलतामा लगाउनका लागि काम गरेका छौं ।’
घरेलु तथा साना उद्योग महासंघ कैलालीका अध्यक्ष पुष्कल शर्माले निकै संघर्षका बालजुत घरेलु तथा साना उद्योग महासंघ कैलालीलाई अहिलेको अवस्थामा पु¥याउन सकिएको बताए ।
उनले धनगढी उपमहानगरपालिकाले घरेलु तथा साना उद्योग महासंघ कैलालीलाई सबै क्षेत्रबाट सहयोग र समन्वय गरेको बताए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।