कांग्रेसलाई सत्तामा जान अपवित्र सम्झौता गर्नुपर्ने आवश्यक छैन: एनपी साउद
2021/03/14, 9:57
 
congress

नेपाली कांग्रेसका नेता एनपी साउदले सबै राजनीतिक दलहरुले कांग्रेसको नेतृत्व निशर्त रुपमा स्वीकार गरेर एकतावद्ध हुनुपर्ने बताएका छन्। 

आइतबार नेपाल राष्ट्रिय मगर संघको प्रथम सुदूरपश्चिम प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेसलाई अन्य दलहरुसँग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको पनि जिकिर गरे। ‘हतारमा सत्तामा जान अपवित्र सम्झौता गर्नुपर्ने नेपाली कांग्रेसलाई आवश्यकता छैन’ उनले भने। 

‘सबै राजनीतिक दलहरु जबसम्म नेपाली कांग्रेसलाई निशर्त नेताको रुपमा नेपाली कांग्रेसको झण्डा मुनी, नेतृत्व मुनी एकतावद्ध बन्न सक्दैनन् तबसम्म हामीले सत्तामा गएर हेर्नुपर्ने कुनै आवश्यकता छैन’, नेता साउदले भने ।

उनले कांग्रेसलाई अन्य दलहरुसँग अपवित्र सम्झौता गरेर सरकारमा जानुपर्ने कुनै आवश्यकता नभएको पनि जिकिर गरे । ‘हतारमा सत्तामा जान अपवित्र सम्झौता गर्नुपर्ने नेपाली कांग्रेसलाई आवश्यकता छैन’, साउदले भने । 

उनले सत्तामा जानका लागि संविधानलाई चलाउने, संविधानलाई अस्थिर बनाउने र पार्टीको छविमा आँच आउने काम पार्टी नेतृत्वले गर्न नहुनेमा पनि जोड दिए । ‘अहिले हाम्रा अगाडि दुई वर्षमात्रै छ निर्वाचनका लागि । हामी संगठन निर्माणको अभियानमा लागि राखेका छौं । पार्टी रिभाइभ हुँदैछ । मान्छेहरु नेपाली कांग्रेसलाई आशा र भरोसाले हेर्दैछन् । यस्तो बेलामा हामीले सबैभन्दा पहिले नेपाली कांग्रेसलाई एकजुट राख्नुपर्छ’, साउदले भने ।