
डडेल्धुरामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा ७० वर्षीय वृद्धसहित ५ जना पक्राउ परेका छन्। जिल्लाको परशुराम नगरपालिकाकी ती बालिकालाई बलात्कार गरेको आरोपमा सोही नगरपालिकाका ५ जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा २८ वर्षीय बलबहादुर पुन मगर, १९ वर्षीय राजेश थापा मगर, ७० वर्षीय प्रताप भट्टराई, १६ वर्षीय जगदिश थापा मगर र २४ वर्षीय हरिजित सिजाली रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी प्रहरी निरीक्षक यज्ञराज भट्टले बताए।
बालिकालाई बिगत २ महिनादेखि बारम्बार बलात्कार गरेको भन्दै उनका दाईले जाहेरी दिएपछि आरोपितहरुलाई पक्राउ गरेको प्रहरी निरीक्षक भट्टले बताए। पक्राउ परेका पाँचै जना आरोपितमाथि थप अनुसन्धान भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20