गाउँपालिका केन्द्रसम्म कालोपत्र हुने भएपछि खुशी 
2021/03/15, 10:38
 
pich

डोटीका तीन गाउँपालिकाका केन्द्रसम्म सडक पुग्ने भएको छ । यहाँका बोगटान फुडसिल, सायल र आदर्श गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने गरी समझदारी भएपछि स्थानीयवासी खुशी भएका छन् । 

बोगटान फुडसिल केन्द्रसम्म कालोपत्र सडक पु¥याउनका लागि सङ्घीय सरकार, सुदूरपश्चिम प्रदेश सरकार तथा गाउँपालिकाका तर्फबाट अध्यक्ष कमलबहादुर गडसिला तथा सायलका अध्यक्ष तेजबहादुर डुम्रेलबीच समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएपछि यहाँका स्थानीयवासी खुशी भएका हुन् । 

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष योजनाअन्र्तगत प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रमअनुसार बोगटान फुडसिल तथा सायलको केन्द्रसम्म सडक कालोपत्र गरिने बताइएको छ ।

गाउँपालिका केन्द्रसम्म सडक पु¥याउनका लागि समझदारी पत्रमा नेपाल सरकारका तर्फबाट स्थानीय पूर्वाधार विकास आयोजना कार्यालय सुदूरपश्चिम प्रदेश र प्रदेश सरकारका तर्फबाट यातायात पूर्वाधार निर्देशनालयका निर्देशक प्रेमदत्त भट्टले हस्ताक्षर गरेकोे बोगटान फुडसिलका उपाध्यक्ष भगवती बमले जानकारी दिइन् । 

दिपायल राजपुरदेखि केआइसिंह गाउँपालिका केन्द्र वायलसम्म सडक कालोपत्रको काम जारी छ । यसैगरी वायलबाट टुँडागाडसम्म प्रदेश सरकारले सडक कालोपत्र गर्ने तथा गाउँपालिकाको केन्द्रसम्म कालोपत्र सडक पु¥याउने योजनानुसार अब काम अघि बढ्ने जनाइएको छ । यसैगरी आदर्श तथा सायल गाउँपालिका केन्द्रसम्म कालोपत्र सडक पुग्ने भएपछि स्थानीयवासीमा खुशीयाली छाएको नेकपा (माओवादी केन्द्र) का नेता तेज डुम्रेलले बताए । 

कालोपत्र सडकसँग जोडिन बाँकी रहेका स्थानीय तहलाई सडकसँग जोड्ने नीतिअनुरूप सरकारले आइतबार एकमुष्ट देशभरका २१० स्थानीय तहसँग उक्त सम्झौता गरेको थियोे । दिपायल सिलगढी तथा शिखर नगरपालिका केन्द्रसम्म भने यसअघि नै सडक कालोपत्र भइसकेको छ भने जोरायल, केआइसिंह तथा बडिकेदार गाउँपालिका केन्द्रमा कालोपत्र गर्ने तयारी छ ।