बैतडीमा होली खेल्न रोक
2021/03/24, 10:20
 
corona

बैतडीमा होली खेल्न जिल्ला प्रशासन कार्यालयले रोक लगाइएको छ । भारतसँग समिा जोडिएको जिल्ला भएकाले कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै होली खेल्न रोक लगाएको हो ।

यस्तै घरबाहिर निस्कदा अनिवार्य मास्क प्रयोग गर्न भनिएको छ । मास्क प्रयोग नगरेको पाइएमा संक्रामक रोग ऐन बमोजिम कारवाही गरिने प्रशासनले जनाएको छ ।

भारतसँग सीमा जोडिएकाले नाका भएर आउने नागरिकमा कोरोना संक्रमण हुनसक्ने भन्दै हेल्थ डेस्क सञ्चालन गरेर एन्टीजोन विधिमार्फत परीक्षण गर्न थालिएको छ ।

भिडभाड भएको ठाउँमा जानुपरेमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिक दूरी कायम गर्नुपर्ने, सेनिटाइजर प्रयोग गर्नको लागि प्रशासनले निर्देशन दिएको छ ।

पहिले सञ्चालनमा आएका क्वारेन्टाइन, आइसोलेसन कक्षलाई तयारी अवस्थामा राखी स्वास्थ्य केन्द्रको सेवालाई थप प्रभावकारी बनाउन आवश्यक तयारी समेत गरिएको छ ।