कैलालीमा नवजात शिशु मृत अवस्थामा फेला, कञ्चनपुरमा एक जनाको शव भेटियो
2020/06/04, 7:36
 
sab

कैलालीमा एक नवजात शिशु मृत अवस्थामा फेला परेका छन् । धनगढी उप–महानगरपालिका वडा नम्वर ३ को मोहना नदीमा भर्खरै जन्माएको शिशु मृत फेला परेको हो । मेहोना नदीमा मृत शिशु बगेर आएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक हिक्मत वहादुर थापाले जानकारी दिए ।

नदीमा शिशुको शव बगिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृत अवस्थामा भेटिएको शिशु फाल्ने व्यक्तीको पहिचान भने हुन नसकेको प्रहरीले जनाएको छ ।

उता कञ्चनपुरमा पनि एक जनाको शव फेला परेको छ । भीमदत्त नगरपालिकामा बुधवार साँझ  एक जना पुरुषको  शव भेटिए कञ्चनपुर प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–१८ र १५ को सीमा (गोबरिया) नहर नजिकै भीमदत्त नगरपालिका जानकीटोलका ४० वर्षीय शिवराज बिकको शव भेटिएको वडा प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मोहनजंग बुढथापाले बताए ।  

मृतक बिक केही दिनदेखि घरपरिवारको सम्पर्कमा नरहेको  समेत प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ ।