
कैलालीमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका -१ वसन्तपुरका ४० वर्षीय चेतराज ऐर ९४० ग्राम चरेश सहित पक्राउ परेको प्रहरीले जनाएको छ ।
ऐरको पसलबाट चरेश बिक्रि वितरण भइरहेको भन्ने सूचनाका आधारमा पसलमा खानतलासी गर्दा सो परिमाणमा लागु औषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए ।

उनलाई पक्राउ गरी लागु औषध शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको सह प्रवक्ता थापाले बताएका छन् ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20