सुदूरपश्चिममा ओली समूहभित्रै विवाद, राष्ट्रिय युवा संघको भेलामा प्रदेश अध्यक्ष निषेध 
2021/03/27, 9:39
 
ranjniti

सुदूरपश्चिममा नेकपा (एमाले) ओली समूहभित्रै विवाद देखिएको छ । राष्ट्रिय युवा संघ कैलालीकोे जिल्ला भेलामा प्रदेश अध्यक्ष कर्ण थापालाई निषेध गरिएपछि एमालेको ओली समूहमा रहेको विवाद सतहमा आएको हो ।

केपी शर्मा ओली समूह भित्रकै गुटका कारण धनगढीमै भएका अध्यक्ष थापालाई भेलामा निषेध गरिएको स्रोतले बतायो । राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत र अध्यक्ष बचन बहादुर सिंहका कारण अध्यक्ष थापालाई कार्यक्रममा निशेध गरिएको युवा संघकै एक नेताले बताए ।

संघीय मन्त्रीदेखि सासंदसम्म सहभागि रहेको जिल्ला भेलामा सुदूपश्चिमका अध्यक्ष थापा सहभागि नभएपनि कार्यकर्ता समेत आश्चर्यमा परेका थिए । भेलामा उद्योगमन्त्री लेखराज भट्ट, श्रममन्त्री गौरीशंकर चौधरीको पनि सहभागीता थियो ।

नेता थापालाई सो बारेमा जान्न खोज्दा उनको फोन उठेन । भेलामा ओली समूहकै कार्यकर्ताबीच विवाद बढेपछि हात हालाहाल समेत भएको युवा संघका एक नेताले बताए ।