गोली लागेर एक जना गम्भीर घाइते
2021/03/27, 10:10
 
gaite

गोली लागेर बैतडीमा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा जिल्लाको मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द छन्।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनक धामीका अनुसार लक्ष्मणलाई जिल्ला अस्पताल बैतडीमा उपचार हुन नसकेपछि थप  उपचारका लागि धनगढी रेफर गरिएको छ। 

प्रहरीका अनुसार लक्ष्मणको घाँटीमा गोली लागेको छ। घरमै शनिबार बिहान ३ बजे गोली लागेको भन्ने खबर आएको प्रहरीले जनाएको छ। घटनाबारे ढिलोगरी जानकारी आएको र थप अनुसन्धानका लागि प्रहरी घटनास्थल गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।