
बैतडीमा बोलेरो जिप दुर्घटना भएको छ । प्रहरीका अनुसार जिप ब्रेक फेल भएर दुर्घटना भएको हो ।
अत्तरियाबाट दार्चुलाका लागि छुटेको भे १ च ३५११ नम्बरको जिप महाकाली लोक मार्ग अन्तर्गत बैतडीको दोगडाकेदार गाउँपालिका ३ सिल्लेगडा नजिकै मंगलबार बिहान साढे ५ बजेतिर भएको दुर्घटनामा परी जिपमा सवार तीन जना सामान्य घाइते भएका छन् ।
चालक सहित चार जना सवार रहेको जिप दुर्घटनामा परी दार्चुलाको अपि हिमाल ५ का जनकसिंह धामीको बायाँ हातमा चोट लागेको छ । भने जिपमा सवार अन्य दुई जना भने सामान्य घाइते भएका छन् ।
दार्चुलाको अपि हिमाल ५ का चालक वीरेन्द्र धामी फरार रहेको र चालकको खोजी भइरहेको खोचलेक प्रहरी चौकीका प्रमुख प्रहरी नायव निरीक्षक मोतीसिंह बमले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20