
धनगढी : कञ्चनपुरमा फरकफरक स्थानमा दुई मृत फेला परेका छन् । जिल्लाको वेदकोट नगरपालिका–१ चम्फापुरस्थित राधा नदी नजिकै महाकाली अस्पतालमा कार्यालय सहयोगीका रूपमा कार्यरत २९ वर्षीय नरेश सार्की मृत फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको बताए ।

यस्तै जिल्लाकै कृष्णपुर नगरपालिका ९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक थापाले बताए । शव परीक्षणका लागि अस्पतालमा राखिएको बताउँदै उनले दुवै घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/25, 10:29
2021/10/23, 11:20