माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृत्यु, दुई घाईते
2021/03/31, 7:59

माटो खन्ने क्रममा ढिस्कोले पुरिएर डडेल्धुरामा एक महिलाको मृत्यु भएको छ । अमरगढी नगरपालिका–८ उग्रतारा मन्दिर फेदमा माटो खन्दा अमरगढी–७ कि ४५ वर्षिय नारु देवि ऐरीको मृत्यु भएको हो ।

सुरुङ भित्रबाट माटो खन्दा माटोको ढिस्कोले पुएिर अन्य दुई जना घाईते भएका छन् । घाईते हुनेमा सोही ठाँउकै शारदा ऐरी र कल्पना विक रहेका छन् ।
बुधबार दिउसो घर पोत्ने माटो खन्ने क्रमममा माटोको डाबर भित्र चार जना महिला पुरिएका थिए । चार जनामध्ये तिन जनाको उद्दार गरिएको डडेल्धुरा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले बताए ।

घाईते दुई जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32