द लिप्रोसी मिसनद्धारा खाद्य सामग्री वितरण
2021/04/01, 7:40
 
Aa

द लिप्रोसी मिसन नेपालले  कुष्ठरोग प्रभावितहरुलाई  खाद्य  सामाग्री वितरण गरेको छ ।  कैलालीको धनगढी उपमहाननगरपालिका १५ उर्मामा एक कार्यक्रमको आयोजना गरी खाद्य सामाग्री बितरण गरेको हो ।

त्रिवेणी बहुउद्श्यीय सहकारी संस्थाका अध्यक्ष  प्यारचन रानाको अध्यक्षतामा खाद्य सामाग्री वितरण गरीएको हो  । द लिप्रोसी मिसन नेपालका रामदेब कुश्मीले संचालन गरेको सो खाद्य सामाग्री बितरण कार्यक्रममा  आनन्दवन हस्पिटल काठ्माण्डौँका  प्रमुख शोभाकर  कर्णेल प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा  धनगढी उपमहाननगरपालिका १५ का वडा अध्यक्ष फुलराम चौधरी विशिष्ट अतिथि रहेका थिए । द लिप्रोसी मिसन नेपालले बिगतलामो समयदेखि कुष्ठरोग प्रभावितहरुका  क्षेत्रमा काम गर्दै आएको छ ।

द लिप्रोसीले कैलाली,कंचनपुर र बाजुरामा पन्ध्र सय घर परिवारलाई  खाद्य सामाग्री वितरण गर्ने लक्ष रहेको द लिप्रोसी मिसन नेपालका रामदेव कुश्मीले जानकारी दिए ।