गाउँपालिकाको केन्द्रमा अस्पताल बन्नुपर्ने माग गर्दै स्थानीय आन्दोलित
2021/04/01, 10:02
 
aandolan

बैतडीका स्थानीय आन्दोलित बनेका छन् । पञ्चेश्वर गाउँपालिकाकै केन्द्रमा अस्पताल बन्नुपर्ने माग गर्दै उनीहरु आन्दोलित भएका हुन । १० शैय्याको अस्पताल गाउँपालिकाको केन्द्रमा बन्नुपर्ने माग गर्दै पञ्चेश्वर गाउँपालिका ४ का स्थानीय आन्दोलित भएका छन् ।

गाउँपालिकाले १० शैय्याको अस्पताल कुलाउमा बनाउने प्रयास गरेको भन्दै गाउँपालिकाको केन्द्र भएकै ठाउँमा अस्पताल बन्नुपर्ने उनीहरुको माग छ ।नेपाल सरकारले प्रत्येक स्थानीय तहमा १० शैय्याका अस्पताल बनाउने रणनीति अनुसार सबै पालिकमा बजेट पठाएको छ ।

बैतडीका केही स्थानीय तहमा गएको मंसिरमा अस्पतालहरु शिलान्यास गरिएको भएपनि पञ्चेश्वरमा भने काम अघि बढ्न सकेको छैन्। स्थानीयहरुको अवरोधका कारण अस्पतालको काम अघि बढ्न सकेको छैन् । गाउँपालिकाको केन्द्र भएकै ठाउँमा पालिकास्तरीय अस्पताल बन्नुपर्ने स्थानीयको माग छ ।

तर आफूहरुको मागका बारेमा सुनुवाई नभएपछि बुधबार र्‍याली सहित कोणसभा गरेको संघर्ष समितिका सदस्य बीरबहादुर चन्दले जानकारी दिए । गाउँपालिका अध्यक्षले एकलौटी रुपमा कुलाउमा अस्पताल स्थापना गर्ने प्रयास गरेको उनले बताए । आफूहरुले  गाउँपालिका र्याली सहित पुगेर ज्ञापन पत्र समेत बुझाएको चन्दले बताए ।