पत्रकार महासंघ सुदूरपश्चिममा २१ सदस्यीय समितिको लागि ४७ जनाको उम्मेदवारी
2021/04/02, 7:55
 
fnj

चैत २५ गते हुने नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिको निर्वाचनका लागि ४७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

पत्रकार महासंघ प्रदेश निर्वाचन समितिले उम्मेदवारी दिएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ। सो नामावलीअनुसार ७ पदाधिकारीसहित २१ सदस्यीय कार्य समितिका लागि ४७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।

अध्यक्ष पदको लागि ४ जनाको उम्मेदवारी दर्ता भएको छ। कृष्ण ओली, दिलबहादुर छत्याल, मनमोहन स्वाँर र योगेश रावलले अध्यक्षको लागि उम्मेदवारी दर्ता गराएका हुन्।

उपाध्यक्षको लागि योगेन्द्र बहादुर बलायर र लक्ष्मण तिवारीको उम्मेदवारी दर्ता भएको छ। भने उपाध्यक्ष (महिला)को लागि गीता चौधरी र रेणु कार्कीको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ।

महासचिव पदको लागि ५ जनाको उम्मेदवारी दर्ता भएको छ। गणेशदत्त भट्ट, नवराज भण्डारी, नवराज भण्डारी, मुकेश टेंर्रा, रामसिंह ठगुन्ना र शिवराज भट्टको उम्मेदवारी दर्ता भएको हो।

सहसचिवको लागि प्रेम चुनारा र दलबहादुर चदाराले उम्मेदवारी दिएका छन्। सचिवको लागि नरेन्द्र सिंह कार्की र हरि प्रसाद जोशीको उम्मेदवारी परेको छ। कोषाध्यक्षको लागि दुर्गा उपाध्याय, नरेशकुमार शाही, रामबहादुर धामीको उम्मेदवारी दर्ता परेको छ।

खुला सदस्यतर्फ गगन बहादुर ऐडी, घनश्याम सागर पन्त, चन्द्रकान्त अवस्थी, चन्द्रबहादुर थापा, जनक बहादुर खड्का, तपेन्द्र कुँवर, दिर्घ खत्री, दिपेन्द्र भण्डारी, धमेन्द्र बिसी, भगिरथ अवस्थी, निमाजंग शाही, वीरबहादुर गडाल र हरिशचन्द्र बागको उम्मेदवारी परेको छ। त्यस्तै, महिला सदस्यतर्फ कल्पना बोहरा, कालीमैया चौधरी, बन्दना बम, भूमि बिष्ट, रामदुलारी राना, बिमला रावल, सविता जोशी बिष्टको उम्मेदवारी दर्ता भएको छ।

दलित सदस्यतर्फ गोकर्ण दयाल, धनबहादुर बिक र भीम बिकको उम्मेदवारी परेको छ। त्यस्तै, आदिवासी सदस्यतर्फ, रामलखन चौधरी, रामबहादुर चौधरी, रामचन्द्र चौधरी कुश्मीको उम्मेदवारी दर्ता भएको छ। 

नहकुल देव जिसीले अल्पसंख्यक तथा अपांगतर्फबाट सदस्यको लागि उम्मेदवारी दिएका छन्। अल्पसंख्यक तथा अपांगतर्फबाट सदस्यको लागि लागि उम्मेदवारी जिसीको मात्रै परेको छ। 

शुक्रबार नै उम्मेदवार उप्परको दाबी विरोध, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ। मतदान भने चैत २५ गते विहान ९ बजेदेखि हुने जनाइएको छ।