
नेपाल पत्रकार महासंघको प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका मनमोहन स्वाँर र दिलबहादुर छत्यालले उम्मेदवारी फिर्ता लिएका छन् ।

स्वाँरले प्रेस युनियन र छत्यालले प्रेस चौतारीबाट प्रदेश अध्यक्षमा उम्मेदवारी दिएका थिए । उनीहरुले शुक्रबार उम्मेदवारी फिर्ता लिएको प्रदेश निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।
यसैगरी, प्रदेश समितिको महासचिवमा उम्मेदवारी दिएका गणेशदत्त भट्ट, मुकेश चौधरी (टेंर्रा) र नवराज भण्डारीले पनि उम्मेदवारी फिर्ता लिएका छन् । अब युनियनबाट योगेश रावल र प्रेस चौतारीबाट कृष्ण ओलीबीच अध्यक्षका लागि प्रतिस्पर्धा हुनेछ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09