अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु
2021/04/06, 11:23
 
death

अछाममा डोजर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नास्थित डोजर दुर्घटना हुँदा चालक डोटी शिखर नगरपालिका–२ का २८ वर्षीय किरण बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

कच्ची सडक सफा गर्न गएको डोजर दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक तुलसीराम अर्यालले बताए। सडकबाट दुई सय ५० मिटर तल खसेको उनले बताए।