दार्चुला सीमा अतिक्रमणबारे अध्ययन
2021/04/06, 11:25
 
sima

परराष्ट्रमन्त्री ज्ञवालीले दार्चुलाको सीमामा जोडेर भारतले सुरक्षा पर्खाल बनाएको घटनाका सम्बन्धमा सरकारले सीमा रक्षाका लागि विशेष सतर्कता अपनाएको बताएका छन्।

दार्चुलाको सडक दुई देशबीचको सीमालाई छोएर भारतले पर्खाल बनाएको भन्ने विषयमा नापी विभाग, नेपाली सेना, नेपाल प्रहरी र जिल्लास्थित नापी कार्यालयका अधिकारीले स्थलगत अवलोकन गरी प्रतिवेदन तयार गरेको उनले बताए।

मन्त्री ज्ञवालीले उक्त क्षेत्रको एक सातापछि नेपाल र भारत दुबै देशका नापी टोलीले स्थलगत निरीक्षण गरी पर्खाल सीमा मापदण्ड अनुरुप छकी छैन भनी निष्कर्ष निकाल्ने भन्दै यस विषयमा सरकार सजग रहेको बताए।

मन्त्री ज्ञवालीले बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक), सार्क लगायत क्षेत्रीय सङ्गठनमा नेपालको सक्रिय सहभागिता र पहलकदमीलाई प्राथमिकताका साथ अघि बढाएको बताए। उनले सार्कलाई क्रियाशील बनाउन नेपालले प्रयास गरिरहेको पनि जानकारी दिए।