छाडा चौपाया व्यवस्थापनका लागि गौशाला निर्माण गर्नुपर्ने माग राख्दै विश्व हिन्दु युवा संघ कैलालीले जिल्ला प्रशासन कार्यालय कैलालीमा ध्यानाकर्षण पत्र बुझाएको छ
गाौशाला निर्माणका लागि प्रदेश र स्थानीय सरकारले पहल गर्नुपर्ने माग गर्दै प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललाई संघका अध्यक्ष दिनेश कलेलले उक्त ध्यानाकर्षण पत्र बुझाएका हुन्।
गाई व्यवस्थापनका नाममा स्थानीय, प्रदेश र केन्द्र सरकारबाट करौडौं बजेट छुट्याएपनि बजेट कार्यान्वयनका क्षेत्रमा रकम हिनामिना भई कुनै उपलब्धीमूलक काम नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
अध्यक्ष कलेले बुझाएको पत्रमा प्रदेश र स्थानीय सरकार छाडा चौपाया व्यवस्थापनमा लाचार भएर मुकदर्शक भएको उल्लेख छ। ‘कैलाली जिल्लाका सम्पूर्ण नगरपालिकाहरुमा गाईगोरुहरुको उचित व्यवस्थापनका निमित्त गौशालाको निर्माण होस् भन्ने जिल्ला प्रशासन समक्ष माग गर्दछौं’ सो ध्यानाकर्षण पत्रमा भनिएको छ ।
पत्रमा छाडा चौपाया व्यवस्थापनका नाममा गाइको अवैध ओसारपसार तथा तस्करी बढेको जनाइएको छ। तस्करी र ओसारपसारका गतिविधी नरोकेमा संघले कडा आन्दोलन गर्ने जनाएको छ।