
भारतबाट बैतडी जिल्लामा फर्किएकालाई सीमा नाकामा परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देखिएको छ ।झुलाघाट नाकामा भारतबाट फर्किएका ३९ जनामा एन्टिजेन विधिबाट कोभिड–१९ परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जानकारी दिएको छ ।

कोरोना देखिएका ७ जना दशरथचन्द नगरपालिकाका र एक जना दोगडाकेदारका हुन् । उनीहरु अहिले होम आइसोलेसनमा बसिरहेका छन् ।
सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा गत माघ २५ गतेदेखि भारतसँग जोडिएको बैतडीको सीमा नाका झुलाघाटमा हेल्थ डेस्क सञ्चालनमा आएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20