डोटीमा परिचयपत्रका लागि सात हजार बढीको विवरण दर्ता
2021/04/12, 10:45
 
id card

डोटीको पूर्वीचौकी गाउँपालिकामा सात हजार ६४८ ले राष्ट्रिय परिचपत्रका लागि विवरण दर्ता गराएका छन्। यही चैत १ गतेदेखि गाउँपालिकाका सातवटै वडा कार्यालयमा लगत सङ्कलनका लागि आवेदन माग गरिएको थियो। 

वडा नम्बर १ खिरसैनमा ९४३, वडा नम्बर २ बगलेकमा ९१४, वडा नम्बर ३ गैरागाउँमा ९६८, वडा नम्बर ४ सानागाउँमा ९९६, वडा नम्बर ५ काडमाडौँमा एक हजार ४९२, वडा नम्बर ६ गाँजरीमा एक हजार ७२ र वडा नम्बर ७ पोखरीमा एक हजार २६३ गरी कूल सात हजार ६४८ ले राष्ट्रिय परिचयका लागि नाम दर्ता गरेको गाउँपालिका सूचना अधिकारी हरिभक्त साउँदले बताए।

सबैभन्दा बढी वडा नम्बर ५ काठमाडौँमा एक हजार ४९२ र सबैभन्दा कम वडा नम्बर २ बगलेकमा ९१४ ले नाम दर्ता गराएका छन्। यो अभियानमा १६ दर्ता अपरेटर, सात वडा सचिव र १२ जना फाराम भर्ने सहायक कर्मचारीको संलग्न रहेको गाउँपालिका अध्यक्ष दीर्घराज बोगटीले जानकारी दिए।