गेटा आँखा अस्पताल कर्मचारी युनियनको अध्यक्षमा खेम राज उपाध्याय सर्वसम्मत चयन भएका छन् । गेटा आँखा अस्पतालका कर्मचारीहरुको बृहत भेलाबाट उपाध्यायलाई चयन गरिएको हो ।
कार्यसमितिको उपाध्यक्षमा मिना विष्ट के.सी, सचिव जय बहादुर बुमी, कोषाध्यक्ष राजेन्द्र पनेरु, सदस्यहरुमा नरेश मडै, चेत राम चौधरी, अमृता चौधरी, सुशांक शाह, कमला चौधरी रहेका छन् ।
त्यसैगरि सल्लाहाकार समितिको संयोजकमा गणेश बहादुुर चौधरी चयन गरिएका छन् भने अन्य सल्लाहाकारहरुमा सुरेश अवस्थी, पवन शाह, मान बहादुर चौधरी महेश ओझा, हरिशमणी भट्ट रहेका छन् ।
नयाँ वर्ष २०७८ को उपलक्ष्यमा गेटा आँखा अस्पतालका कर्मचारीहरुले नयाँ वर्षको शुभकामना आदान प्रदान गरेका छन् ।
कार्यक्रममा नेपाल नेत्र ज्योति संघका कार्य समितिका पदाधिकारी, पूर्व कर्मचारीहरु र कर्मचारीहरुलाई सम्मान गरिएको छ ।