
कैलालीमा ट्रक र मोटरसाईकल एक आपसमा ठोक्किदा दुई जना गम्भिर घाईते भएका छन् । बुधबार साझ यातायात ब्यवस्था कार्यालय धनगढी नजिक ट्रक र मोटरसाईकल एक आपसमा ठोकिन्दा मोटरसाईलमा सवार धनगढी उपमहानगरपालिका वडा नम्बर १ का रोशन तिम्लिसेना र ५ का हेमन्त ढकाल गम्भिर घाईते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टका अनुसार ना ४ ख ८८७६ नम्बर ट्रक र विपरीत दिशाबाट आईरहेको से ७ प ७०२१ नम्बरको मोटर साईकल एक आपसमा ठोक्किएको जनाएको छ ।
घाईते दुवै जनाको सेति प्रादेशिक अस्पतालमा उपचार सम्भब नभएपछि धनगढीकै निसर्ग अस्पतालमा उपचार भईरहेको जनाएको छ । ट्रक र चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक विष्टले बताए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32