
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय सहित विभिन्न क्षेत्रमा भीडभाड नगर्न अपिल गरेको छ । मन्त्रालयले अति प्रभावित जिल्लाहरुमा भीडभाड हुने सबै क्षेत्र तथा सेवाहरु अविलम्ब बन्द गर्नुपर्ने अवस्था भएपनि हालसम्म निर्णय भइनसकेको अवस्था भएकाले भिडभाड नगर्न र स्वास्थ्य मापदण्डको कडाइका साथ पालना गर्न अपील गरेको हो।

केन्द्रले १४ जिल्लालाई अति प्रभावित भनेर छुट्याउँदै उक्त जिल्लाहरुमा भिडभाड हुने काम नगर्न भनेको छ। मन्त्रालयले ती क्षेत्रमा बालबालिकालाई विद्यालय नपठाउन समेत अपील गरेको छ।
कोभिड—१९ संक्रमणको दोस्रो लहरका कारण अति प्रभावित जिल्लाहरु काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङ रहेका छन्।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/19, 8:36
2021/01/29, 1:05
2021/08/18, 1:20
2022/06/04, 5:12
2022/08/18, 3:32