
कैलालीमा हात्तीले एक घर भत्काएको छ । टीकापुर ५ नुक्लीपुरमा हात्ती स्थानीय बस्तीमा पसेर घर भत्काएको हो।

बुधबार राति २ बजेतिर टीकापुर पार्क नजिकै रहेको नुक्लीपुरमा हात्ती पसेर त्यहाँस्थित राजकुमार चौधरीको कच्ची घर भत्काएको हो ।
बस्तीमा हात्ती पसेपछि स्थानीयवासीले रातभरि थाल, भाँडाकुँडा ठटाएर र आगो बालेर भगाएको टीकापुर नगरपालिका–५ का वडाध्यक्ष रामशङ्कर डगौरा थारुले बताए ।

टीकापुर पार्कसँगै जोडिएका जङ्गल हुँदै हात्ती गाउँ पसेको हो । पछिल्लो समय जङ्गली जनावरको आक्रमण बढ्दै गएकाले स्थानीयवासीमा त्रास बढेको उनले बताए ।
2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/03, 11:29
2021/01/01, 8:05
2021/08/05, 3:48
2022/05/09, 4:32