महाकाली अस्पतालमा कोरोना सङ्क्रमितलाई बेड अभाव
2021/04/16, 9:52
 
corona

कञ्चनपुरमा भारतबाट स्वदेश फर्किनेहरूको सङ्ख्या बढेपछि कोरोना सङ्क्रमितहरूको सङ्ख्या पनि बढ्दै गएको छ । कोरोना संक्रमित बढेपछि महाकाली अस्पतालमा कोरोना सङ्क्रमितका बिरामीहरूलाई राख्नको लागि बेडको अभाव हुन थालेको छ ।

महाकाली अस्पतालमा रहेको ५० शय्याको आइसोलेसन अहिले ५१ जना बिरामीहरू रहेको महाकाली अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हरि कुमार श्रेष्ठले संक्रमित थपिँदै गएकाले आइसोलेसनमा बेड अभाव हुन थालेको बताए ।  

बेड अभाव हुन थालेपछि जनस्वास्थ्य कार्यालयले महेन्द्रनगरस्थित आइसिएचको भवनमा आइसोलेसन बनाउने तयारी गरिएको जनाइएको छ । कञ्चनपुरमा प्रत्येक दिन १० देखी १५ जना नयाँ संक्रमितहरु थपिन थालेका छन् ।

शुक्रवार कञ्चनपुरमा  ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा पिसिआर परिक्षण गरिएकोमा ९ जना र सिमा नाका गडडाचोकीमा गरिएको ऐन्टिजिनमा २२ जना गरि ३१ जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका कम्प्युटर अपरेटर महेन्द्रा भटटले जानकारी दिईन् ।

यो संगै कञ्चनपुरमा कोरोना संक्रमितको संख्या १ हजार ७ सय ७६ पुगेको छ भने, ऐन्टिजिनबाट परिक्षण गर्दा १ सय ६५ जनामा कोरोना पुष्टि भएको छ ।