अछाममा भारतबाट फर्किएका पुरुषको कोरोनाका कारण  मृत्यु 
2021/04/22, 9:58
 
death

अछाममा कोरोना भाईरसका कारण एक जनाको ज्यान गएकोे छ । साँफेबगर नगरपालिका वडा नम्बर ६ भागेश्वरका ६५ बर्षका पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको हो । 

पछिल्लो समय विश्वमै सबैभन्दा बढी कोरोना भाईरसको संक्रमण दर रहेको भारतको गुजरातमा रोजगारीको सिलसिलामा रहेका उनी १५ दिन पहिले घर फर्किएका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि बयालपाटा अस्पतालमा गरीएको पिसीआर परिक्षणमा उनमा बैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनको आज बिहान साढे ७ बजे जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सुचना अधिकारी देव जोशीले जानकारी दिए ।