हिजोका संघीयता विरोधी, आज संघीयता सम्हाल्ने जिम्मेवारी
सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुख गंगाप्रसाद यादवः 
2021/05/04, 10:30
 
aa

सरकारले सप्तरीका गंगाप्रसाद यादवलाई सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त गरेको छ । सप्तरीका यादवलाई प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश प्रमुखको जिम्मेवारी दिएका हुन् ।

लामो समयदेखि सरकारबाट हटाउने सूचीमा रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई समस्यामा पार्ने गरी ओलीले यादवलाई यहाँ पठाउन लागेका हुन् । यहाँ रहेकी शर्मिला त्रिपाठीलाई हटाएर यादवलाई पठाईएको हो । शर्मिला माओवादी केन्द्र निकट थिइन् । 

सुदूरपश्चिम प्रदेश प्रमुख बनेका यादव दोस्रो संविधान सभाका उपाध्यक्ष थिए । उनी त्यसबेला राप्रपा नेपालबाट उप सभामुख बनेका थिए । उनी कमल थापा नेतृत्वका राप्रपा नेपालबाट प्रतिनिधित्व गर्दै उप सभामुख बनेका थिए ।

केही वर्ष अघिसम्म संघीयता विरोधी र राजावादी नेताका रुपमा परिचित उनी आजदेखि दौरा सुरुवाल लगाएर संघीयता कार्यान्वयनको जिम्मेवारीमा अघि बढेका छन्उनी राप्रपा छाडेर २०७४ सालको निर्वाचन अघि एमालेमा प्रवेश गरेका थिए ।

यादवलाई एमालेले संघीय संसदमा लैजान समानुपातिक सूचीमा राखेको थियो । तर उनी त्यसबेला सांसद बन्न पाएका थिएनन् ।