निषेधाज्ञाकै बिच १२ सय ८० पेटी बियर बोकेर ट्रक कैलाली पुग्यो 
2021/05/05, 3:22
 
11

देशभर कोरोना माहामारीको समयमा बिभिन्न जिल्लामा निषेधाज्ञा जारी भएको छ । निषेधाज्ञाको बेला सवारी साधन ठप्प रहेका बेला अतिआबश्यक सवारीका साधन मात्रै चलेका छन् । तर एउटा ट्रक चितवनको नारायणघाट हुँदै कैलालीको अत्तरिया बिना रोकटोक आएको छ ।

ना ५ ख २०५८ नम्बरको ट्रक बिहान अत्तरिया पुगेको हो । उक्त ट्रकमा १२ सय ८० पेटी बियर लोड गरिएको थियो । ईलाका प्रहरी कार्यालय मालाखेतीको प्रहरी टोलीले उक्त ट्रकलाई रिङरोडमा बियर झार्दै गर्दा समातेको हो ।

बियर अति आबश्यक सामाग्रीमा पर्दैन तर पनि यस्तो निषेधाज्ञाको बेला कसरी उक्त ट्रक झन्डै ७ जिल्लाका बिभिन्न प्रहरी चेक पोइन्ट क्रस गर्दै आईपुग्यो त  ट्रक यँहा पुग्नुलाई स्थानिय प्रहरी समेत अचम्मित परेका छन् ।

निषेधाज्ञाको समयमा यति धेरै जिल्ला क्रस गरेर बियर बोकेको ट्रक यँहा पुग्नु प्रहरीको पनि लापरबाही भएको स्थानियले बताएका छन् ।

एक स्थानिय प्रहरी अधिकारीले भने (खै उताबाट कसरी आयो किन उता चेक भएन हामी नै अलमलमा परेका छौं। चालकले बताए अनुसार ट्रकमा लोड गरिएको बियर आनन्द भट्टले भर्करै सन्चालनमा ल्याएको डिलरको भएको बुझिएको छ ।