
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांक अनुसार बुधबार (आज) प्रदेशका बिभिन्न जिल्लाका ५८ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।
यस्तै प्रदेशमा आज ३८५ जना कोरोना संक्रमित थपिएका छन् ।

प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार २ सय ५१ जनाको परीक्षण गर्दा ३८५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
एन्टिजेन विधिबाट ५९२ जनाको परीक्षण गर्दा १३३ जना र पीसीआर विधिबाट ६५९ जनाको परीक्षण गर्दा २५२ जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा थप ११ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १५४ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/02, 1:26
2020/12/30, 10:25
2021/05/17, 4:25
2021/12/20, 8:38
2023/02/13, 12:15