
कैलाली सशत्र प्रहरीले मोटरसाइकल सहित करिब तीन लाखको अवैध सामग्री बरामद गरेको छ । भजनी नगरपालिकामा सशस्त्र प्रहरीको टोलीले २ लाख ७९ हजार बराबरको सुर्ती बरामद गरेको हो ।

बरामद गरिएको अवैध सामग्री खक्रौला भन्सार नाकामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका प्रहरी नायव उपरीक्षक भीम चन्दले जानकारी दिए । मोटरसाइकल चालक भने फरार रहेको र खोजी कार्य जारी रहेको चन्दले बताए ।
लकडाउनका बेला सीमा नाका बन्द भएकाले पछिल्लो एक हप्ता यता अवैध सामग्री ओसार पसारमा बुद्धि भएको डिएसपी चन्दले बताए । उनका अनुसार एक हप्तामा ५ लाख बराबरको अवैध सामग्री बरामद गरिएको छ । ती अवैध सामग्रीमा बढीजसो सुर्ती रहेको प्रहरी नायव उपरीक्षक भीम चन्दले बताए ।

2025/08/24, 5:42
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/25, 4:31
2020/11/01, 6:36
2021/08/03, 10:38
2023/06/09, 1:37