दार्चुलामा स्वास्थ्य सामग्री खरिद गर्न दुई अस्पताललाई तीन करोड
2021/05/06, 3:37
 
corona

कोरोना सङ्क्रमितका बिरामीको उपचारमा सहयोग पु¥याउन दार्चुलाका दुई अस्पताललाई  तीन करोड २० लाख दिइएको छ । स्थानीय पूर्वाधार विकास कार्यक्रम, प्रदेश पूर्वाधार साझेदारी कार्यक्रम र सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयबाट ८० लाख दिइएको हो ।

दार्चुलाबाट सङ्घ र प्रदेशका सांसदहरुले बजेट विनियोजन गर्दा स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदै बजेट विनियोजन गरेका थिए ।  विनियोजित बजेट कोभिड नियन्त्रण, उपकरण खरिद, स्वास्थ्य सामग्री खरिद गर्न सकिने उल्लेख गरिएको थियो । तर कार्यान्वयन तहमा ढिलाई हुँदा कोभिडको सङ्क्रमण जिल्लाभरी फैलिएको छ ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले सो विनियोजित बजेट अक्सिजन प्लान्ट, आइसोलेन निर्माण, तथा स्वास्थ्य सामग्री खरिदको लागि बाटो खुल्ने गरी निर्णय गरेको छ ।

सार्वजनिक खरिद ऐनअनुसार इबिडिङ गर्नुपर्ने भए पनि अहिले कोभिडको अवस्था भयावह बन्दै गएको भन्दै छिटो र सहज माध्यमबाट बजेट खर्च गर्ने गरी संकट व्यवस्थापन समितिले निर्णय गरेको महाकाली नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डा.विजय भुर्तेलले बताए ।  बजेट विनियोजनको क्रममा सङ्घीय सांसदको १ करोड ३० लाख रुपैयाँ महाकाली नगरपालिकाको जिल्ला अस्पताल र २० लाख रुपैयाँ शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर अस्पतालको लागि विनियोजन गरिएको थियो ।

यस्तै प्रदेशसभा सदस्य गेल्बुसिह बोहराले जिल्ला अस्पताललाई ५० लाख रुपैयाँ र अर्का प्रदेशसभा सदस्य मानबहादुर धामीले गोकुलेश्वर अस्पताललाई ४० लाख रुपैयाँ विनियोजन गरेका थिए ।   निर्णय भएको लामो समयसम्म सो बजेट खर्च हुनसकेको थिएन ।

यस्तै हालै सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले अक्सिन प्लान्ट खरिद गर्न रु ८० लाख जिल्ला अस्पताललाई विनियोजन गरेको थियो । सबै रकमलाई स्थानीय तह, स्वस्थ्य कार्यालय र जिल्ला अस्पतालको समन्वयमा खर्च गर्ने गरी बाटो खुला गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले बताए ।  

सो बजेटमार्फत सदरमुकाम खलङ्गा र गोकुलेश्वरमा ५०÷५० शय्याको आइसोलेशन तयार गरिने बताइएको छ । यस्तै अस्पतालले माग गरेको आधारमा स्वास्थ्य सामग्री खरिदमा बजेट खर्च गर्न सकिने डा भुर्तेल बताए ।  

हाल जिल्ला अस्पताल दार्चुलामा १३ शय्याको आइसोलेशन निर्माण गरिएको छ । तर अहिले कोभिड सङ्क्रमितका बिरामी बढ्दै गएपछि त्रिपालमा उपचार गराउनुपर्ने अवस्था आएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मरदत्त भट्टले बताए ।