सुदूरपश्चिममा १८३२ नमूना परीक्षण गर्दा ७८५ जनामा कोरोना पुस्टि
2021/05/06, 10:35
 
corona

बिहिबार सुदूरपश्चिम प्रदेशका ६ वटा प्रयोगशालामा १२४५ नमूना पीसीआर तथा ५८७ नमूना ऐन्टिजेन विधिबाट परीक्षण भएका छन्। 

पछिल्लो २४ घण्टामा दुवै विधिबाट गरेर कूल १८३२ नमूना परीक्षण गर्दा ७८५ जनाको रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ। 

पीसीआर विधिबाट परीक्षण गर्दा ६२३ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १६२ जना संक्रमित फेला परेका छन्। 

सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी, बझाङ अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १२४५ जनाको नमूना परिक्षण गर्दा थप ५८७ जनामा संक्रमण पुस्टि भएको निर्देशनालयले जनाएको  छ। 

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ६५० नमूना परीक्षण गर्दा ३६९ जना, डडेल्धुरा अस्पतालमा ११७ नमूना परीक्षण गर्दा ६३ जना, डोटी अस्पतालमा ५२ नमूना परीक्षण गर्दा १९ जना, बैतडी अस्पतालमा १६३ नमूना परीक्षण गर्दा ५८ जना, बझाङ अस्पतालमा १९४ नमूना परीक्षण गर्दा ५८ जना  र अछामको कमलबजार अस्पतालमा १०९ जनाको नमूना परीक्षण गर्दा ५६ जनामा कोरोना संक्रमण पुस्टि भएको ।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ७७ हजार ७९४ नमूना परीक्षण गर्दा २१ हजार ६१८ जनामा संक्रमण फेला परेको छ। 

प्रदेशभर संक्रमण पुस्टि भएका १४ हजार ५११ जनाले कोरोना जितेका छन् भने, १६२ जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, ६४ जना संक्रमित निको भएका छन्।

मृत्यु हुनेमा कञ्चनपुरका ८ जना, कैलालीका ६ जना, बझाङ्गका १ जना, अछामका १ जना र दार्चुलाका १ जना रहेका छन्।