
कोरोना भाइरसको संक्रमणबाट बैतडीमा थप एक जनाको मृत्यु भएको छ ।

पाटन नगरपालिका–४ का ४० वर्षीय संक्रमित पुरुषलाई थप उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला अस्पतालका प्रमुख डा. वसन्तराज जोशीले बताए ।
वैशाख २२ गते कोरोना पुष्टि भएर जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत ती पुरुषको स्वास्थ्यमा थप जटिलता आएपछि शुक्रबार धनगढी रेफर गरिएको थियो ।

धनगढी लैजाँदै गर्दा ती पुरुषको अनारखोलीमा मृत्यु भएको हो । मृतकको शव नेपाली सेनाले व्यवस्थापन गर्ने जनाइएको छ ।
कोरोना संक्रमणबाट बैतडीमा हालसम्म ६ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04