
दार्चुलाका थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ। शैल्यशिखर नगरपालिका–९ का ६५ वर्षीय पुरुषको गोकुलेश्वर अस्पतालमा मृत्यु भएको हो।

शुक्रबार अचानक श्वासप्रश्वासमा समस्या भइ अस्पताल भर्ना भएका उनको शनिबार बिहान मृत्यु भएको गोकुलेश्वर अस्पतालका डाक्टर नियाज अन्सारीले बताए।
उनको अस्पताल ल्याउँदा शरिरमा अक्सिजनको मात्रा निकै कम ४५–५० प्रतिशत रहेको अन्सारीले बताए। उनी दमका बिरामी रहेका थिए।

उनको शुक्रबार मात्रै कोरोना रिपोर्ट पोजेटिभ आएको थियो। योसँगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ पुगेको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04