सुदूरपश्चिम प्रदेशमा पछिल्लो ७ दिनमा ८५ जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङक अनुसार पछिल्लो एक हप्तामा ८५ संक्रमितको मृत्यु भएको हो ।
१८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना र २४ गते १३ जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् ।
सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ ।
प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको हो ।
अस्पतालहरूमा अक्सिजन र शैय्या अभावमा बिरामीहरूले अकालमै ज्यान गुमाउनु परिरहेकोले यसतर्फ ध्यान दिन सरोकारवालालाई चिकित्सकहरुले आग्रह गरेका छन् ।