
डोटीको पूर्वीचौकी गाउँपालिकाले अक्सिजनसहित ३५ शैयाको आइसोलेसन निर्माण गर्ने भएको छ।

गाउँपालिकाको केन्द्र सानागाउँमा रहेको सरस्वती आधारभूत विद्यालयलाई आइसोलेसन बनाउने निर्णय कार्यपालिकाबाट गरिएको गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताए।
उनले आइसोलेसन निर्माणका लागि अस्पतालमा प्रयोग हुने ३५ वटा बेडहरू ल्याइ सकेको बताए। उनले भने ‘आइसोलेसन व्यवस्थापन गर्ने कामको थालनी भइसकेको छ। अक्सिजन सिलिण्डर राख्नका लागि आपुर्ती कर्तासँग समन्वय भइरहेको छ।’

गाउँपालिकाले सञ्चालनमा ल्याएका २ वटा बसहरूलाई पनि आवश्यकताका आधारमा एम्बुलेन्सका रूपमा प्रयोग गर्न सकिने गाउापालिकाले जनाएको छ।
कोभिडबाट संक्रमित सबै बिरामीहरूको गाउँपालिकाले निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय पनि गरेको छ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04