शनिबार सुदूरपश्चिमका दुई नाकाबाट १२ सय बढी नेपाली स्वदेश भित्रिए
2021/05/08, 5:45
 
dd

कञ्चनपुरको गड्डाचौकी र गौरीफन्टा नाकाबाट शनिबार  १२ सय बढी   नेपाली स्वदेश भित्रिएका छन्।जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका अनुसार गड्डाचौकी नाकाबाट  ३२४ जना र गौरीफन्टाबाट  ९०० जना गरी  १२२४ जना स्वदेश फर्किएका हुन । 

कोरोना संक्रमण देखिएका बाहेका बाँकी अरु सबैलाई आ-आफ्नो स्थानीय तहको जिम्मा लगाईने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी राम कुमार महतोले बताए । कोरोना संक्रमण देखिएका व्यक्तिहरुलाई भने कञ्चनपुरको महाकाली अस्पताल र सेती अस्तालको आईसोलेसनमा राखिने गरेको जनाएको छ ।  

यस्तै शनिबार नै दुवै नाकाबाट   २ सय ३४ जना नेपालबाहिर गएका छन् ।  दुवै नाकाबाट स्वदेश फर्किएका मध्ये १७ जनामा कोरोना संक्रमण देखिएको छ । प्रशासनका अनुसार गड्डाचौकी नाकाबाट   ३२४ जना भित्रिएका मध्ये  १४७ जनाको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने गौरीफन्टाबाट ९०० जना  स्वदेश फर्किएकोमा १३९ जनामा गरिएको एन्टीजेन परीक्षणा १२ जनामा संक्रमण देखिएको हो ।