सुदूरपश्चिममा ८ दिनमा १०० जना कोरोना संक्रमितकोे मृत्यु
2021/05/09, 9:21
 
aa

सुदूरपश्चिम प्रदेशमा पछिल्लो ८ दिनमा एक सय जना कोभिड–१९ संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय दिपायलको तथ्याङक अनुसार पछिल्लो ८ दिनमा १०० संक्रमितको मृत्यु भएको हो । 

१८ गते १० जना, १९ गते १२, २० गते १४, २१ गते ८ जना २२ गते ९ जना २३ गते १७ जना २४ गते १३ जना र २५ गते १५ जना संक्रमितको मृत्यु भएको निर्देशनालयको तथ्यांकमा उल्लेख गरिएको छ । 

होम आइसोलेशनमा ज्यान गुमाएका र उपचारका क्रममा प्रदेश बाहिरका अस्पतालमा ज्यान गुमाएका संक्रमितको संख्या यो तथ्याङमा जोडिएको छैन् । 

सुदूरपश्चिममा अधिकांशले अक्सिजन नपाएका कारण ज्यान गुमाउनु परेको चिकित्सकहरुको भनाई छ । प्रदेशमा अक्सिजनको चरम अभाव भएपछि कोरोना संक्रमितको मृत्यु हुने संख्या बढ्दै गएको हो । 

अस्पतालहरूमा अक्सिजन र शैय्या अभावमा बिरामीहरूले अकालमै ज्यान गुमाउनु परिरहेकोले यसतर्फ ध्यान दिन सरोकारवालालाई चिकित्सकहरुले आग्रह गरेका छन् ।