
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप १०८ जना कोरोना मुक्त भएका छन् ।

स्वास्थ्य निर्देशनालय डोटीको तथ्यांकअनुसार शनिबार प्रदेशका बिभिन्न जिल्लामा उपचाररत १०८ जना कोरोना जितेर घर फर्किएको जनाएको छ ।
प्रदेशमा ७५६ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेशमा पीसीआर र एन्टिजेन विधिबाट एक हजार ८ सय ८१ जनाको परीक्षण गर्दा ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

यस्तै २४ घण्टामा थप १५ जनाको कोरोना कारण मृत्यु भएको छ । सुदूरपश्चिममा हालसम्म १९० जना संक्रमितको मृत्यु भएको निर्देशनालयले जनाएको छ ।
2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04